FAQs Complain Problems

१३ औं सागमा स्वर्ण पदक विजेतालाई लिसंखु पाखर गाउँपालिकाद्वारा भव्य सम्मान

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा सहभागी भइ स्वर्ण पदक जित्न सफल दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकादले नगदसहित भव्य सम्मान गरेको छ । साग खेलकुद प्रतियोगीतामा तेक्वान्दोमा स्वर्ण पदक विजेता काजल श्रेष्ठ र जुडोमा स्वर्ण पदक विजेता देविका खड्का गृह गाउँमा सम्मानीत भएका छन् ।
लिसंखुपाखर गाउँपालिकाले दुवै स्वर्ण पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी हुन् भने जुडोकी देविका खडकाको जन्मस्थान झापा भएपनि उनले यसै गाउँपालिका - ४ मा विवाह गरेकी हुन् । आफ्नै गाउँकी चेली र बुहारीलाई थप हौसला प्रदानका लागि गाउँपालिकाद्वारा नगद रू पचास हजार सहित सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

आर्थिक वर्ष: