समाचार
लिसंखु पाखर गाउँपालिका (शिक्षा, युवा तथा खेलकुद शाखा) को आयोजनामा मिति २०८१-०९-१६ देखि १८ गते सम्म सञ्चालित गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह
लिसंखु पाखर गाउँपालिका (शिक्षा, युवा तथा खेलकुद शाखा) को आयोजनामा मिति २०८१-०९-१६ देखि १८ गते सम्म सञ्चालित गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह प्रमुख अतिथि संघीय सांसद माननीय माधब सापकोटा (सुबोध), विशेष अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष श्री कमल प्रसाद नेपाल, गाउँपालिका अध्यक्ष श्री राजु लामा , उपाध्यक्ष श्री मिठु देवि लामा, प्रमुख प्रशासकीय अधिकृत श्री बीर बहादुर बस्नेत, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, विभिन्न पार्टीका प्रतिनिधि, सम्पूर्ण बिद्यालयका प्र.अ., गाउँपालिकाको सम्पूर्ण शाखामा कार्यरत कर्मचारी, विव्यसका अघ्यक्ष तथा खेलप्रेमी दर्शकहरूको समउपस्थितिमा वडा नं. ४ सिक्रे स्थित खेलकुद मैदानमा राष्ट्रपति रनिङसिल्ड भब्य रुपमा सम्पन्न गरिएको छ।
यस प्रतियोगितामा सहभागी भएका गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरूमध्ये श्री सम्पदा माविले १९ स्वर्ण, १० रजत र ६ कास्य गरी जम्मा ३५ पदक सहित प्रथम, श्री बुद्धोदय माविले ७ स्वर्ण, १२ रजत र ५ कास्य गरी जम्मा २४ पदक सहित द्वितीय र श्री निगाले माविले ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी जम्मा १३ पदक सहित तृतीय स्थान गर्न सफल भएका छ्न।साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई क्रमशः रू १५ हजार, १२ हजार र १० हजार नगद सहित सम्मानपत्र, मेडल र शिल्डद्वारा सम्मान गरिएको छ।
श्री सम्पदा मा.वि. ले यो सहित तीन पटक लगातार रनिङ शिल्ड जित्न सफल भएको छ ।