FAQs Complain Problems

समाचार

लिसंखु पाखर गाउँपालिकाद्वारा निशुल्क आँखा शिविर संचालन

आँखा शिविरमा आँखा परिक्षण गराउदै
आँखा शिविरमा आँखा परिक्षण गराउदै
गाउँपालिका र आँखा अस्पताल बीच सम्झौता पश्चात्
आँखा शिविरमा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष ज्यूले सम्बोधन गर्नु हुदै

लिसंखु पाखर गाउँपालिका वासीको मोतीबिन्दुको कारणबाट हुनसक्ने अन्धोपन निवारणको लागि निशुल्क उपचार गर्न लिसंखु पाखर गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा बीच २०७६  पुष ६ गते द्विपक्षीय सम्झौता सम्पन्न भएको छ | सम्झौता बमोजिम गाउँपालिकाका सबै क्षेत्र समेटेर अस्पतालले आँखा शिविर संचालन गर्नेछ र मोतीबिन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीलाई बनेपास्थित आँखा अस्पतालमा शल्यक्रिया गर्नेछ | अस्पतालको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराइने छ भने बनेपा अस्पतालसम्म बिरामी पुर्याउने र मोतीबिन्दुको शल्यक्रियाको लागि सम्झौता बमोजिम लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने छ |

     सम्झौता बमोजिम पहिलो शिविर वडा नं ४ अत्तरपुर, सिक्रेमा मिति २०७६ पुष ६ मा सम्पन्न भई १४२ जनाले आँखाको परिक्षण गरेका छन् | ती मध्ये २३ जना मोतिबिन्दुका विरामीको निशुल्क शल्यक्रियाका लागि पुष ७ गते बनेपा पठाईएको छ | साथै यस प्रकारका आँखा शिविर आगामी दिनमा लिसंखु पाखर गाउँपालिकाको बाँकी सबै वडाहरुमा यसै आर्थिक वर्ष भित्र संचालन गरिने छ र गाउँपालिकाका सबै मोतिबिन्दुबाट पिडित भई आँखा नदेख्ने बिरामीको निशुल्क शल्यक्रिया गराउने कार्यक्रम रहेको छ |

आर्थिक वर्ष: