समाचार
लिसंखु पाखर गाउँपालिकाद्वारा निशुल्क आँखा शिविर संचालन
लिसंखु पाखर गाउँपालिका वासीको मोतीबिन्दुको कारणबाट हुनसक्ने अन्धोपन निवारणको लागि निशुल्क उपचार गर्न लिसंखु पाखर गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा बीच २०७६ पुष ६ गते द्विपक्षीय सम्झौता सम्पन्न भएको छ | सम्झौता बमोजिम गाउँपालिकाका सबै क्षेत्र समेटेर अस्पतालले आँखा शिविर संचालन गर्नेछ र मोतीबिन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीलाई बनेपास्थित आँखा अस्पतालमा शल्यक्रिया गर्नेछ | अस्पतालको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराइने छ भने बनेपा अस्पतालसम्म बिरामी पुर्याउने र मोतीबिन्दुको शल्यक्रियाको लागि सम्झौता बमोजिम लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने छ |
सम्झौता बमोजिम पहिलो शिविर वडा नं ४ अत्तरपुर, सिक्रेमा मिति २०७६ पुष ६ मा सम्पन्न भई १४२ जनाले आँखाको परिक्षण गरेका छन् | ती मध्ये २३ जना मोतिबिन्दुका विरामीको निशुल्क शल्यक्रियाका लागि पुष ७ गते बनेपा पठाईएको छ | साथै यस प्रकारका आँखा शिविर आगामी दिनमा लिसंखु पाखर गाउँपालिकाको बाँकी सबै वडाहरुमा यसै आर्थिक वर्ष भित्र संचालन गरिने छ र गाउँपालिकाका सबै मोतिबिन्दुबाट पिडित भई आँखा नदेख्ने बिरामीको निशुल्क शल्यक्रिया गराउने कार्यक्रम रहेको छ |