समाचार
आर्थिक कार्यविधि कानुन २०७५
लिसंखु पाखर गाउँपालिकाको आर्थिक कार्यविधि कानून, २०७५
प्रस्तावनाः
नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम लिसंखु पाखर गाउँपालिकाको सञ्चित कोषको संचालनगर्न, बजेट तथा कार्यक्रम तर्जुमा गर्न, निकासा तथा खर्च गर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन गर्न, आर्थिक कारोवारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्न, बेरुजु फछ्र्यौट तथा असुल उपर गर्न गराउन, आर्थिक कार्यविधिलाई नियमित, व्यवस्थित र जवाफदेही बनाउन वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२२ बमोजिमको लिसंखु पाखर गाउँसभाले यो कानून बनाएको छ ।