समाचार
नवौं गाउँ सभा सम्पन्न
लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा बसेको नवौं गाउँ सभा आज मिति २०७८ साल असार १० गते लिसंखु पाखर गाउँपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेट पारित गरी सम्पन्न भएको छ ।
नवौं गाउँ सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गाउँ सभा सञ्चालन सम्बन्धी कार्यविधिहको बारे उपस्थित गाउँ सभाका सदस्यहरुलाई जानकारी गराउनु भयो |
सभाध्यक्षको आसन ग्रहण पश्चात सभाध्यक्ष कमल प्र. नेपाल र उपाध्यक्ष हेमगंगा मोक्तानले संयुक्त रुपमा पानसमा बत्ती बालेर नवौं गाउँ सभाको आरम्भ गर्नुभयो |
सभाध्यक्षले गाउँ सभामा लिसंखु पाखर गाउँपालिकाको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै न्यायिक समितिको ०७७/७८ को प्रतिवेदन पनि पेश गर्नु भयो |
उपाध्यक्षले सभा समक्ष लिसंखु पाखर गाउँपालिकाको आर्थिक विधेयक, २०७८ र विनियोजन विधेयक, २०७८ प्रस्तुत गर्नुभयो | साथै वहाँले ४७ करोड ६९ लाख बाराबारको आ.व. ०७८/७९ को बजेट पनि प्रस्तुत गर्नुभयो |
कार्यसूची बमोजिम गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम, विधेयक र बजेट उपर छलफल गरी सभाध्यक्षले गाउँ सभामा निर्णयार्थ पेश गर्नु भयो | गाउँ सभाले प्रस्तुत प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ |