FAQs Complain Problems

घर अभिलेखिकरणको पहिलो प्रमाण पत्र प्रदान

लिसंखु पाखर गाउँपालिका गठन भई नक्सा पास कार्यविधि कानून, २०७५ लागु हुनु पूर्व अर्थात मिति २०७५/११/१७ अगावै निर्माण सम्पन्न भएका घर टहरा तथा पक्की भवनहरुको अभिलेखीकरण गर्ने कार्य मिरि २०७७ पुष १ गते देखि गर्ने गरी सार्वजनिक सूचना आह्वान भए बमोजिम लिसंखु पाखर गाउँपालिका कार्यालयले लि.पा.गा.पा -७ निवासी सिंह बहादुर लामाको घर अभिलेखीकरण कार्य सम्पन्न गरि पहिलो प्रमाण पत्र प्रदान गरेको छ | घर अभिलेखीकरण कार्य यहि फागुन मसान्तसम्म हुने भएकोले समयमा नै सो कार्य गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ |

आर्थिक वर्ष: