FAQs Complain Problems

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न होटल व्यवसायी र गाउँपालिका बीच छलफल सम्पन्न

आज लिसंखु पाखर गाउँपालिकाद्धारा मुडे बजारमा आयोजना गरिएको Visit Nepal 2020 अर्थात् "नेपाल भ्रमण बर्ष 2020" सफल पार्न स्थानिय होटल ब्यबसायी लगायत जनसमुदायबाट गर्न सकिने सहयोगको बारेमा प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपाल ज्यू, प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलाल ज्यू तथा मुडे बजारका होटल ब्यबसायीहरूको उपस्थितीका बिच कार्यक्रम सम्पन्न भएको छ । आउँदो दिनमा होटल ब्यबसायी संघको गठन, मूल्यसुचीको अनिवार्य व्यवस्था र पर्यटकलाई सहुलियतको सम्बन्धमा छलफल केन्द्रित थियो।

आर्थिक वर्ष: