FAQs Complain Problems

आठौँ गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको आठौँ गाउँ सभा मिति 2077 साल फाल्गुन 6 गते गाउँपालिका अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।

आठौँ गाउँ सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गाउँ सभा सञ्चालन सम्बन्धी कार्यविधिहरुको बारे उपस्थित गाउँ सभाका सदस्यहरुलाई जानकारी गराउनु भयो | सभाध्यक्षको आसन ग्रहण पश्चात सभाध्यक्षले गाउँ सभामा कार्यसूची प्रस्तुत गर्नु भई गाउँ सभाको आरम्भ गर्नुभयो |

कार्यसूची बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आ.व २०७७/७८ को माघ मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो र गाउँपालिकाबाट संचालित कार्यक्रम तथा योजनाहरुको समिक्षा पनि गरियो | उक्त प्रगति समीक्षामा गाउँ सभा सदस्यहरुले उठान गर्नु भएको विषयहरुमा प्रमुख प्रशासकीय अधिकृतले स्पष्ट पार्नुभयो |

प्रगति समिक्षा पश्चात उपाध्यक हेमगंगा मोक्तानले लिसंखु पाखर गाउँपालिकाको विनियोजन ऐन, २०७७  र लिसंखु पाखर गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धि) ऐन २०७५लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो | साथै वहाँले गाउँपालिकाको दुरदृष्टि सहितको दिगो आर्थिक विकास योजना पनि प्रस्तुत गर्नुभयो |

कार्यसूची बमोजिम विधेयक समितिका संयोजक प्रदिप सुन्दासले वातावरण तथा प्राकृतिक स्रोत विधेयक २०७७ र शिक्षा ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो भने गाउँ सभा सदस्य मोहन श्रेष्ठले स्थानीय वन विधेयक २०७७ प्रस्तुत गर्नुभयो |

वडाको सिमा परिमार्जन तथा ३ नं वडा कार्यालयको भवन निर्माण सम्बन्धमा गाउँ सभामा छलफल गरियो |

गाउँ सभामा प्रस्तुत विभिन्न प्रस्तावहरु उपर छलफल गरी सभाध्यक्षले गाउँ सभामा निर्णयार्थ पेश गर्नु भयो |

आर्थिक वर्ष: