FAQs Complain Problems

संक्षिप्त परिचय

लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ को सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९८.६१ वर्ग कि. मि. रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गा. बि. स. हरु ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ ।हाल लिसंखु पाखर गाउँपालिकामा ७ वटा वडा रहेका छन ।

वि. सं. २०७९ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या निम्नानुसार रहेको छ ।

कुल जनसंख्या पुरुष महिला  प्रति परिवार सदस्य संख्या प्रति वर्ग कि. मि. घरधुरी
११,७५० ५,७०६ ६,०४४ ३‍‍.१८ ११९  ४१५५

वडा गत जनसंख्या विवरण 

सि. नं. वडा नं. (साविकको गा. वि. स. हरु ) जनसंख्या पुरुष महिला घरधुरी

१.

१ ठूलो धादिङ १४४७ ७०० ७४७ ५८५
२.

२ र ३ लिसंखु 

२५४७ १२३४ १३१३ १०३४ 
३. 

४ अत्तरपुर 

१५७२ ७५८ ८१४ ५७७
४.

५ जेठल  

२३४७ ११६८ ११७९ ८५९
५.

६ पेटकु

१२३० ५८९  ६४१ ३९२
६. 

७ ठूलो पाखर 

२६०७ १२५७ १३५० ७०८

पूर्व – दोलखा र रामेछाप जिल्ला
पश्चिम – सुनकोशी गाउँपालिका
उत्तर – त्रिपुरा सुन्दरी गाउँपालिका
दक्षिण – काभ्रेपलान्चोक जिल्ला र सुनकोशी गाउँपालिका

नक्सा